काठमाडौं । वेस्ट इन्डिजले आयरल्यान्डविरुद्धको तीन खेलका एकदिवसिय क्रिकेट सिरिजमा १–० को अग्रता बनाएको छ ।
किंगस्टनमा भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजले आयरल्यान्डलाई २४ रनले पराजित गरेको हो ।
२ सय ७० रनको लक्ष्य पछ्याएको आरयल्यान्ड अन्तिम ५ बल बाँकी छदा अलआउट हुदै २ सय ४५ रन जोड्न सक्यो ।
कप्तान एन्डी बालविर्नीले ७१ रन तथा ह्यारी टेक्टरले ५३ रनको अर्धशतकिय इनिङ्स खेलेपनि आयरल्यान्डको जितका लागि पर्याप्त भएन् ।
वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र रोमारियो सेफर्डले समान तीन–तीन विकेट हात पारे ।
ओडियन स्मिथले २ विकेट लिदा जासन होल्डर र अकियल होसेनले एक–एक विकेट चट्काए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय ६९ रन जोडेको थियो ।
वेस्ट इन्डिजका लागि सामरह ब्रुक्सले सर्वाधिक ९३ रन जोडे । कप्तान काइरन पोलार्डले ६९ रनको योगदान गरे ।
आयरल्यान्डका मार्क अडायर र क्रेग योंगले समान तीन–तीन विकेट लिए ।
एन्डी माइकब्रिनले २ तथा जोश लिटल र कर्टिस क्याम्फरले एक–एक विकेट हात पारे ।