काठमाडौं । न्यूजिल्यान्डका ब्याट्म्यान रोस टेलरले बंगलादेशविरुद्धको पहिलो टेस्टमा न्यूजिल्यान्डको पराजय विश्व क्रिकेटका लागि राम्रो भएको विश्वास व्यक्त गरेका छन् ।
दुई टेस्ट सिरिजको पहिलो खेल पाहुना टोली बंगलादेशले ८ विकेटले जित्दै न्यूजिल्यान्डविरुद्ध १–० को अग्रता बनाएको थियो ।
यस अघि न्यूजिल्यान्डले आफनो घरेलु मैदानमा लगातार १७ खेलमा जित हात पारेको थियो ।
टेलरका अनुसार एक स्वतन्त्र व्यक्तिको रुपमा हेर्दा बंगलादेशको जित विश्व क्रिकेटका लागि राम्रो हो ।
टेलरले नतिजाबाट आफूहरु दुखी भएपनि नतिजा नराम्रो भन नरहेको बताए । उनले बंगलादेश खेल अवधिभरी नै न्यूजिल्यान्डमाथि हावी रहेको जनाए ।
‘मलाई लाग्छ टेस्ट क्रिकेट बाच्नका लागि हामीले बंगलादेशलाई समृद्ध टेस्ट राष्ट्र बनाउन आवश्यक छ,’ टेलरले थपे ।
बंगलादेश र न्यूजिल्यान्डबीचको दोस्रो टेस्ट जनवरी ९ देखि सुरु हुनेछ र टेलरका लागि सो खेल अन्तिम टेस्ट हुनेछ ।
टेलर आफ्नो अन्तिम खेल जित्दै सिरिजलाई बराबरीमा ल्याउने समेत विश्वास व्यक्त गरे ।