काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोब छनोटको बन्द प्रशिक्षणमा थप खेलाडीलाई मौका दिने भएको छ ।
काठमाडौंमा हुने प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट थप खेलाडी बन्द प्रशिक्षणमा ल्याइने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जनाए ।
उनका अनुसार मु्ख्य प्रशिक्षक पुबुदु दासानायकेको प्रतियोगिताबाट थप खेलाडीहरुलाई बन्द प्रशिक्षणमा ल्याउने योजना रहेको छ ।
‘तर प्रतियोगिताबाट कति खेलाडी बन्द प्रशिक्षणमा आउने त्यो भने अहिले सुनिश्चित भएको छैन,’ उनले बताए ।
साथै प्रतियोगितापछि ग्लोबल छनोटका लागि एक महिनाको बन्द प्रशिक्षण हु्ने मल्लले जनाए ।
क्यानले प्रतियोगिता पुस २६ गतेदेखि माघ ५ गतेसम्म ह्ुने तय गरिएको छ ।
क्यानले यसलाई ओमानमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।
यस अघि पुस १५ गते नै क्यानले ग्लोबल छनोटका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो ।
तर बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले पनि पीएम कप खेल्नुपर्नेछ ।
‘बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन्,’ क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले बताए ।
पीएम कप यस अघि एकदिवसिय फम्र्याटमा हुने भएपनि ग्लोबल छनोटलाई मध्यनजर गरेर प्रशिक्षक दासानायकेको अनृुरोधमा टी–ट्वान्टी फम्र्याटमा खेलाउन लागिएको मल्लले जानकारी गराए ।
उनले टी–ट्वान्टी फम्र्याटमा प्रतियोगिता खेलाइने हुनाले १० दिनमै प्रतियोगिता टुंग्याइन लागिएको बताए ।
‘टी–ट्वान्टी फम्र्याटमा प्रतियोगिता हु्ने हुनाले खेलाडीहरुलाई कुनै असर पर्नेछैन,’ मल्लले थपे ।