काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नयाँ नियम लागू गरेको छ ।
नयाँ नियम यसै महिनाबाट लागू हुनेछ ।
आईसीसीका अनुसार पुरुष र महिला दुबै खेलमा ढिलो बलिङ गर्ने टोलीलाई खेलकै दौरान जरिवाना गरिनेछ ।
आईसीसीको ओभररेट नियम अनुसार फिल्डीङ गरिरहेको टोलीले अन्तिम ओभरको पहिलो बल इनिङ्स अन्त्य हुने समयमा फालिसकेको हुनुपर्नेछ ।
अन्यथा सो टीमले ३० यार्ड बाहिर एक जना कम फिल्डरलाई खटाउनुपर्ने हुन्छ ।
यो नियम जनवरी १६ तारिखमा वेस्ट इन्डिज र आयरल्यान्डबीच हु्ने टी–ट्वान्टीमा पहिलो पटक लागू हुनेछ ।
आईसीसीले दुई देशबीचको सिरिजका क्रममा साढे दुई मिनेटको अतिरिक्त ब्रेक लिन सक्ने नियम ल्याएको छ ।