काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
पीएम कप पुस २६ गतेबाट माघ ५ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।
यस्तै समूह 'बी' मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।
उद्घाटन खेलमा साविक त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल पुस २६ गते टियु क्रिकेट मैदानमा हुनेछ ।
टियुमा हुने दोस्रो खेलमा एपीएफ क्लब र प्रदेश २ बीच खेल हुनेछ ।
पहिलो दिन नै मुलपानीमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम भिड्ने छन् । दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी भिड्ने छन् ।
पीएम कप यस पटक टी-ट्वान्टी फर्म्याटमा हुन लागेको हो । यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको थियो ।
ओमानमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै क्यानले टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनुमति दिएको क्यानले जनाएको छ ।
खेल तालिका :