काठमाडौं । एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टको पहिलो इनिङ्सले अष्ट्रेलिया फराकिलो योगफल तयार गरेको छ ।
सिड्नीमा बिहीबार अष्ट्रेलियाले ८ विकेटको क्षतीमा ४ सय १६ रन जोडेर पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको छ।
दोस्रो दिनको खेल सकिदासम्म अष्ट्रेलिया ४ सय ३ रनले अघि रहेको छ । पहिलो इनिङ्स थालेको इंग्ल्यान्डले विना विकेटको क्षतिमा १३ रन जोडेको छ ।
अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले १ सय ३७ रनको शतकीय इनिङ्स खेले ।
टार्भिस हेडलाई कोभिड-१९ को संक्रमण भएपछि चौंथो टेस्ट खेलेका उनले २ सय ६० बलमा १३ चौका प्रहार गरे । उनको यो नवौं टेस्ट शतक हो ।
यस्तै स्टिभ स्मिथले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्कुस हरिसले ३८ रन जोडे ।
मिचेल स्टार्क ३४ रनमा अविजित रहदा नाथन लियोन १६ रनमा अविजित रहे। डेभिड वार्नर ३०,मार्नुस २८ रन तथा कप्तान प्याट कमिन्स २४ रनमा आउट भए ।
इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले ५ विकेट लिए । जेम्स एण्डरसन, मार्क उड र जोए रुटले १/१ विकेट लिए ।
पाँच खेलको सिरिजमा अष्ट्रेलिया ३-० ले अघि रहेको छ ।