मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. जोकोभिच साह्रै ‘खराब केटो’

जोकोभिच साह्रै ‘खराब केटो’

२०२२ जनवरी ६, बिहिबारखेलपाटी संवाददाता

जोकोभिच साह्रै ‘खराब केटो’

काठमाडौं ।  नोभाक जोकोभिच विश्व टेनिसका अहिलेसम्मकै सर्वकालीन महान खेलाडी हुन्, यसमा कसैको दुई मत हुन सकदैन् । तर उनी उत्तिकै विवादास्पद खेलाडी हुन्, यसमा पनि कसैको फरक मत हुन सकदैन् । विवादसँग उनको लामो नाता छ र उनी प्राय: विवादमा फसिरकेका हुन्छन् । अहिलेको नयाँ त्यस्तै विवाद हो, उनलाई मेलबर्न पुगेयता अष्ट्रेलिया प्रवेशको अनुमति रद्द गरिनु । अनि आफ्नै घर फर्कन भनिनु । उनी अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका थिए ।

Not one chance" of Novak Djokovic playing Australian Open says expert

त्यो पनि डिफेडिङ च्याम्पियनका रूपमा । मेलबर्न आइपुगेयता उनको अनुमति नाटकीय रूपमा बिहीबार रद्द गरिएको छ । विश्व नम्बर १ खेलाडीलाई सहरको विमानस्थलमा सोधुपुछका लागि पनि राखिएको थियो र यो घण्टौं चलेको थियो । अनि त्यसपछि भनियो, आवश्यक नियम पूरा गरेको हुनाले घर फर्कनु भनिएको छ । घर फर्कने विमानको समय तालिका नमिलेसम्म उनी सरकारी होटलमै रहेन छन् । खासमा पूरा घटनाक्रम के हो त ?

जोकोभिचले अहिलेसम्म आफूले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ अथवा छैन् भनेर खुलाएका छैनन् । उनी न त यसबारे आफ्नो स्थिति खुलाउन नै चाहन्छन् । तर जोकोभिचले आफू खोपको विरुद्ध रहेको बताउँदै आएका थिए । अष्ट्रेलियामा कोरोना भाइरसविरुद्धको खोप नलगाएकालाई प्रवेश गर्न निषेध छ । अष्ट्रेलियन ओपनका आयोजकले केही नियम खुकुलो बनाएपछि जोकोभिच मेलबर्न पुगेका थिए, तर त्यसको चारैतर्फबाट आलोचना भएको थियो ।

यसबीच अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन आफै सबै घटनाक्रमको बीचमा आइपुगे र उनले देशको नियम भन्दा कोही माथि नरहेको बताएका थिए । उनले नै जोकोभिचले आफ्नो देश प्रवेशमा रोक लगाउनु पर्ने पनि बताएका थिए । अब के हुनेछ, त्यो हेर्न लायक हुनेछ । तय जस्तै छ, विश्व नम्बर १ खेलाडी तथा २० ग्रान्ड स्लाम उपाधिका विजेता अब लगातार समाचारमा छाइरहने छन् र त्यसको कारण सकारात्मक नै हुनु पर्छ भन्ने हुने छैन् ।

जोकोभिच विवादमा परेको यो नै पहिलो पल्ट भने होइन् । धेरै अगाडि होइन्, सन् २०२० को यूएस ओपनकै बेला मात्र पनि अन्तिम १६ को खेलका क्रममा उनलाई प्रतियोगिता खेल्नबाट अयोग्य घोषणा गरिएको थियो । रिसको झोंकमा उनले दुर्घटनावस प्रहार गरेको बेल लाइन जजको घाँटीमा लागेको थियो । पाब्लो कारेनाविरुद्धको त्यस खेलमा सर्बियाली खेलाडी आफ्नो सर्भिस तोडिएको आक्रोसित थिए । पछि पूरा घटनाक्रमलाई लिएर माफि भने मागे ।

Novak Djokovic heads for Australian Open with vaccine exemption | News | DW  | 04.01.2022

त्यही वर्षको सुरुमा उनले अर्को चर्को विवादको सिर्जना गरेका थिए । त्यति बेला भर्खर भर्खर कोरोना भाइरस संक्रमणको महामारी सुरु हुन लागेको थियो र चारैतर्फ सतर्कता अपनाउने काम सुरु हुन थालेको थियो । यसैबीच उनले आफ्नो देशमा टेनिसको प्रदर्शन खेल आयोजना गरे । तर यी प्रदर्शन खेल बीचमै रोक्नु परेको थियो, किनभने त्यसमा सहभागी एक खेलाडी ग्रिगोर डिमिट्रभ कोरोना भाइरस संक्रमणमा परिहाले । भनिन्छ, त्यस खेलका क्रममा धेरैलाई सक्रमणले छोएको थियो ।

स्वंय जोकोभिच र उनका पत्नी जेलेना पनि यस संक्रमणबाट टाढा रहन सकेनन् । सन् २०२१ मै मेलबर्न पुग्दा पनि उनले अष्ट्रेलियन ओपन खेल्न अगाडि आफ्नो लागि नीजि घर र टेनिस कोर्ट उपलब्ध गराउन भनेका थिए । त्यति बेला धेरैको मुखबाट निस्केको वाक्य थियो, कति लोभी छन् यी जोकोभिच । उनी जत्तिकै उत्कृष्ट खेलाडी भए पनि खेलका क्रममा चोट लाग्यो भनेर नक्कली अभिनय गर्ने गरेको आरोप पनि धेरै लाग्ने गरेको छ ।

Novak Djokovic has Covid-19 vaccination 'exemption' to play at Australian  Open | Tennis News | Sky Sports

अनि जानाजान आफ्ना प्रतिद्वन्द्वी खेलाडीमाथि दबाब सिर्जना गर्न लामो न लामो मेडिकल टाइमआउट लिने गर्छन् । उनले यस्तै टाइम आउट विपक्षी खेलाडीको लय बिगार्न पनि लिने गर्छन् । भनिन्छ, रोजेर फेडेरर र राफेल नाडालको लोकप्रियताले जोकोभिचलाई बिझाउने गर्छ । आफू यी दुई खेलाडी बराबर हुन नसकेकोमा यस्तै अनेक विवाद उत्पन्न गराउने गर्छन् । त्यसैले पनि उनलाई विश्व टेनिसमा साह्रै ‘खराब केटो’ पनि भन्ने गरिन्छ ।
 

–एएफसीको सहयोगमा । 

फिचर स्पेसल
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित