काठमाडौं । विश्व टेनिसका लागि सबैभन्दा खुसीको समाचार, जापानी खेलाडी नाओमी ओसाका अन्तत: कोर्टमा फर्केकी छिन् ।
गत वर्ष यूएस ओपनको तेस्रो चरणको समाप्तीमा उनले खेल्न छाडेकी थिइन् । त्यो सेप्टेम्बरको महिना थियो । उनले त्यही बेला भनेकी थिइन्, अनिश्चित समयका लागि टेनिसबाट विश्राम लिंदै छु ।
डर थियो, कतै उनले फेरि नखेल्ने त होइन् । यो सबै आशंका भर्खर सकिएको छ, जति बेला उनले मेलबर्न समर सेट इन्टेन्टसमा खेलिन् ।
यो चार महिनाको अन्तरमा खेलिएको पहिलो खेल थियो । फ्रान्सकी एलिज कोरेनेटमाथि तीन सेटमा प्राप्त जितमा २४ वर्षीया जापानी खेलाडी आफ्नो स्वभाविक लयमा पनि देखिएनन् ।
तर त्यसमा कसको मात्र रूचि हुन सक्छ र ? मुख्य कुरा त ओसाकाले फेरि खेल्ने निर्णय गरेकी छिन्, त्यही नै ठूलो थियो । उनी अष्ट्रेलियन ओपनको डिफेन्डिङ च्याम्पियन हुन् र उनले त्यस उपाधिको रक्षा गर्ने सम्भावना पनि तयार भएको छ ।
मेलबर्नमा खेलेयता उनले भनेकी छिन्, ‘मैले अहिले तत्काल केही ठूलो सोचेकी छैन्, खालि म खेलेर आफूलाई खुसी बनाउन चाहन्छुं ।’
अझ उनले थपेकी छिन्, ‘जस्तै हारपछि पनि मैले खालि यति सोच्ने छुं, मैले मिहिनेत त गरेकै थिएँ ।’
–बीबीसीको सहयोगमा ।