काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् ।
कोभिड-१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।
विश्व नम्बर एक जोकोभिचले मंगलबार अष्ट्रेलियन ओपन खेल्ने पुष्टि गरेका छन् ।
गत वर्ष जोकोभिचले नवौं पटक अष्ट्रेलियन ओपन जितेका थिए ।
तर, कोभिडको खोप नलगाएको कारण सर्बियन खेलाडीले अष्ट्रेलियन ओपन खेल्ने टुंगो लागेको थिएन ।
अष्ट्रेलियन ओपनले प्रतियोगितामा सहभागिता जनाउन कोभिड खोप अनिवार्य गरेको थियो ।
अष्ट्रेलियन ओपन जनवरी १७ देखि ३० सम्म मेलबर्नमा आयोजना हुनेछ ।