काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
हाफिजले सोमबार १८ वर्षीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
यद्दपी हाफिज फ्रेन्चाईज टी-ट्वान्टी क्रिकेटमा भने उपलब्ध हुने छन् ।
हाफिजले २००३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यु गरेका थिए ।
उनले अन्तिम पटक टी-ट्वान्टी विश्वकपमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।
हाफिजले पाकिस्तानका लागि ५५ टेस्ट २ सय १८ एकदिवसीय र १ सय १९ टी-ट्वान्टी खेलेका छन् ।
जसमा १२ हजार ७८० रन जोड्दा २ सय ५३ विकेट लिएका छन् ।
उनले टेस्टबाट २०१८ मा सन्यास घोषणा गरेका थिए ।