काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबारबाट सुरु भएको छ ।
आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण टियु क्रिकेट मैदानमा सुरु भएको हो ।
पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी उपस्थित भएका छन् । बाँकी १६ खेलाडी भने कोभिड-१९ को पीसीआर नगरेको कारण उपस्थित भएका छैनन् ।
पीसीआर गरेका ६ खेलाडी रिपोर्ट नआएको कारण होटलमा बसेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतका ९ खेलाडीको भने पीसीआर गर्न बाँकी रहेको छ ।
कप्तान सन्दीप लामिछाने भने अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडी :
सन्दीप लामिछाने (कप्तान)
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
शरद भेषवाकर
करण केसी
सोमपाल कामी
आरिफ शेख
विनोद भण्डारी
कुशल मल्ल
कुशल भुर्तेल
आसिफ शेख
कमल सिंह ऐरी
शाहब आलम
सन्दीप जोरा
अविनाश बोहरा
सुशन भारी
पवन सर्राफ
बिक्रम सोब
भिम सार्की
रोहित कुमार पौडेल
प्रदिप ऐरी
गुलशन झा
नन्दन यादव
जितेन्द्र कुमार मुखिया
विवेक यदब
सौरभ खनाल
राजेश पुलामी
किशिर महतो
सागर ढकाल
हरिशंकर साह