काठमाडौं । एसेज टेस्ट शृंखलाको चौथो टेस्ट अब दुई दिनपछि सुरु हुनेछ ।
अष्ट्रेलियाविरुद्ध शृंखलाका ५ मध्ये सुरुआती तीन टेस्ट गुमाएर सिरिज गुमाइसकेको इंग्ल्यान्ड कम्तीमा सन् २०२२ मा नयाँ र सुखद सुरुआत लिन चाहन्छ ।
तर सन् २०२१ को अघिल्लो वर्ष उसले टेस्ट क्रिकेटमा गरेको प्रदर्शनलाई आधार मान्दा भन्न कर लाग्छ, कतै यो इंग्ल्यान्ड टिम इतिहासकै खराबमध्ये एकमा त पर्दैन ?
इंग्ल्यान्डले अहिलेको एसेज सिरिज सक्दो निकै कम समय भित्र गुमाएको छ । त्यो भनेको उसले तीन टेस्ट गुमाउन खालि ८ सय ५२.३ ओभरको खेल मात्र भएको छ । त्यसमधये अझ तेस्रो टेस्ट त जम्मा जम्मी १ सय ८० ओभर र चार मात्रै चल्यो ।
यी तथ्यांक इंग्ल्यान्डका समर्थकका लागि पक्कै दु:ख दिने खालका छन् ।
त्यति मात्र होइन्, सन् २०२१ मा इंग्ल्यान्ड एकै वर्षभित्र नौ टेस्टमा पराजित रह्यो । रमाइलो के पनि छ भने इंग्ल्यान्डले पोहोर १२ टेस्ट खेलेकोमा सुरुआती तीन टेस्ट जितेको थियो, यसमा दुई श्रीलंकाविरुद्ध र एक भारतविरुद्ध थियो ।
त्यसपछि त इंग्ल्यान्डले खालि एकपछि अर्को टेस्टमा हार मात्र सामना गरेको छ ।
एउटा अर्को तथ्यांकले त सबैलाई आश्चर्यमै पार्न सक्छ । त्यस अनुसार सन् २०२१ मा इंग्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान १४ पल्ट आफ्नो खाता खोल्न नै असफल रहे । त्यो भनेको १४ डक्स । यो भन्दा लाजमर्दो कुनै प्रदर्शन हुन सक्छ र ? हामीले खालि विश्वास गर्न मात्र सक्छौं र भन्छौं, के अब एसेज सिरिजको चौथो टेस्टमा इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध केही राम्रो गर्नेछ कि ?
–बीबीसीको सहयोगमा ।