काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतलाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायो । तर, डीएलको आधारमा भारतले १ सय २ रनको नयाँ लक्ष्य पाएको हो । वर्षाले प्रभावित गरेपछि खेल ३८ ओभरमा झारिएको हो ।
श्रीलंकाका लागि यासिरु रोड्रिगोले अविजित रहदै सर्वाधिक १९ रन बनाए ।
यस्तै रभिन डी सिल्भाले १५ रन जोड्दा सदिशा राजपाक्षे र माथिस पाथिरानाले १४/१४ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
भारतका भिक्की ओस्टवालले ३ तथा कौशल टाम्बेले २ विकेट लिए ।
यस अघि पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले हराएको थियो।
दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई १ सय ३ रनले हराएर श्रीलंकासँग भेट पक्का गरेको थियो ।