काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान टार्भिस हेडले इंग्ल्यान्डविरुद्धको चौंथो टेस्ट गुमाउने भएका छन् ।
कोभिड-१९ को संक्रमण भएपछि हेडले एसेज सिरिज अन्तर्गतको चौंथो खेल गुमाउने भएका हुन् ।
कोभिड संक्रमण पुष्टि भएपछि उनी आईसोलेसनमा बसेका छन् ।
चौंथो टेस्ट बुधबारबाट सिड्नीमा सुरु हुनेछ ।
पाँच खेलको सिरिजमा अष्ट्रेलियाले ३-० ले सिरिजमा कब्जा जमाईसकेको छ ।
हेड अघिल्ला तीन खेलका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
उनले तीन खेलमा २ सय ४८ रन जोडेका छन् ।