काठमाडौं । दक्षिण अफ्रीकाका पूर्व कप्तान क्विन्टन डी ककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
२९ वर्षीय विकेटकिपर ब्याट्सम्यानले अचानक टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
दक्षिण अफ्रीका क्रिकेटले परिवारलाई थप समय दिन डी ककले टेस्टबाट सन्यास लिएको जनाएको छ ।
डी ककले २०१४ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए ।
दक्षिण अफ्रीकाका लागि उनले ५४ टेस्टमा ३ हजार ३ सय रन जोडेका छन् ।