काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधिको लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबईमा बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै भारत र श्रीलंकाले उपाधि भिडन्त पक्का गरेको हो ।
दुबईमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले हरायो ।
श्रीलंकाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १ सय २५ रनमा अलआउट भयो ।
यस्तै दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई १ सय ३ रनले हरायो ।
भारतले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको बंगलादेश १ सय ४० रन जोड्दा अलआउट भयो ।
भारत र श्रीलंकाबीचको फाइनल खेल शुक्रबार हुनेछ ।