काठमाडौं । दक्षिण अफ्रीका भ्रमणमा रहेको भारतले पहिलो टेस्टमा सानदार जित निकालेको छ ।
सेन्चुरियनमा भारतले दक्षिण अफ्रीकालाई १ सय १३ रनले हराएको हो ।
सेन्चुरियनमा भारतको यो पहिलो जित समेत हो ।
भारतबाट पाएको ३ सय ५ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको दक्षिण अफ्रीका १ सय ९१ रन जोड्दा अलआउट भयो ।
दक्षिण अफ्रीकाका लागि कप्तान डीन इल्गरले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै टेम्बा बाभुमाले अविजित ३५ रन जोडे ।
भारतका लागि जस्प्रित बुम्राह र मोहमद शामीले ३-३ विकेट लिए । मोहमद सिराज र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।
पहिलो इनिङ्समा दक्षिण अफ्रीकाले १ सय ९७ रन बनाएको थियो ।
यस्तै भारतले पहिलो इनिङ्समा ३ सय २७ रन बनाएको थियो । भारतका लागि केएल राहुलले १ सय २३ रनको शतकीय इनिङ्स खेलेका थिए ।
दोस्रो इनिङ्समा भारतले अलआउट हुँदै १ सय ७४ रन जोडेको थियो ।
यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।