यू-१९ टोली स्वदेश फिर्ता
२०२१ डिसेम्बर २९, बुधबारखेलपाटी संवाददाता
1640467130.jpg&w=3840&q=75)
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएर नेपाली यू-१९ क्रिकेट टोली स्वदेश फर्किएका छन् ।
दुबईमा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएका हुन् ।
नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
समूह बी मा रहेको नेपाल अंक नजोडी घर फर्किएको हो।
नेपालले तीन खेलमा तीनै खेल हारेको थियो ।
पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो।
यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।
अन्तिम खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको थियो ।
यू-१९ टोली स्वदेश फिर्ता