इलाम । प्रधानमन्त्री कप पुरुष क्रिकेटको प्रदेश १ छनौटका लागि इलामले टिम तयार पारेको छ । जिल्ला क्रिकेट संघ इलामले सन्दिप ढुङ्गानाको कप्तानमा १४ सदस्यीय टोली तयार पारेको हो ।
मंसिर १८ गते इलामको ठुलो टुडिखेलमा छनौट कार्यक्रम संचालन गरेर क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेल, छनौट समितिका संयोजक डा रामकृष्ण आचार्य र प्रशिक्षक सुनिल मगरले प्रारम्भिक छनौट गरेका थिए ।
इलामको टोलीमा अविरल वली, गौतम राई, प्रज्वल खत्री, अमित मिश्र, रोशन बोहरा, पुजन खड्का र विक्रम खेवाङ रहेका छन् । त्यैगरी बिमल भुजेल, हेमन राई, विशाल आचार्य, दिवस खड्का, सुमित राई र सुदिप तामाङ समेत प्रारम्भिक छनौटमा परेका छन् ।
बैकल्पिक रुपमा सगुन खत्री, र कुशल भट्टराईलाई समावेश गरिएको जनाइएको छ ।
इलामबाट छनौट भएका खेलाडीहरुले आगामी पुष १५ गतेबाट बैजनाथपुरमा संचालन हुने प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने छनौट प्रतियोगितामा इलामले पहिलो खेलमा पुष १५ गते सुनसरीसंग प्रतिस्पर्धा गर्दैछ ।
पुष १६ गते झापा, पुष १७ गते उदयपुर, पुष १८ गते मोरङसंग प्रतिस्पर्धा गर्दैछ । शिर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताबाट छानिएका खेलाडीहरुले प्रदेश १ को प्रतिनिधित्व गरेर प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा सहभागिता जनाउनेछन् ।