काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई जितका लागि २ सय ४० रनको लक्ष्य दिएको छ ।
दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन बनायो ।
नेपालका लागि बसिर अहमेद र विवेक मगरले अर्धशतकीय इनिङ्स खेले ।
अहमेदले ५६ रनको इनिङ्स खेल्दा विवेकले ५० रन बनाए ।
यस्तै मोहमद आदील आलमले ४९ तथा शेर मल्लले २१ रन बनाए ।
त्यस्तै अर्जुन साउद १०, गुलशन झा ७, देव खनाल ५ , सन्तोष कार्की ५ तथा विवेक यादव सुन्य रनमा आउट भए ।
दिपेश कँडेल १५ रनमा आउट हुँदा र प्रकाश जैशी ५ रनमा अविजित रहे ।
कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले ३/३ तथा हेनरी थोमस र मोहमद बासटाकीले २/२ विकेट लिए।
नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ ।
समूह बी को नेपाल समूह चरणबाटै बाहिरिएको छ । तर, कुवेतलाई हराएर नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।
नेपाल समूहको तेस्रो स्थानमा रहेको छ । कुवेत पुछारमा रहेको छ । दुबै टोलीले अंक जोड्न सकेको छैन ।
यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।