काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दुई खेल अगाबै इंग्ल्यान्डविरुद्धको एजेस सिरिज जितेको छ ।
मेलबर्नमा मंगलबार तेस्रो टेस्टमा इंग्ल्यान्डलाई एक इनिङ्स र १४ रनले हराउँदै अष्ट्रेलियाले सिरिजमा कब्जा जमाएको हो ।
यस्तै अष्ट्रेलियाले ५ खेलको सिरिजमा ३-० को अग्रता समेत बनाएको छ ।
खराब प्रदर्शनलाई निरन्तरता दिएको इंग्ल्यान्ड दोस्रो इनिङ्समा ६८ रन जोड्दा अलआउट भएपछि अष्ट्रेलियाले एकै इनिङ्समा जित निकालेको हो ।
अष्ट्रेलियन बलर चम्किदा इंग्ल्यान्डका कप्तान जोए रुटले सर्वाधिक २८ रन जोड्दा बेन स्टोक्सले ११ रन बनाए । अष्ट्रेलियाका स्कट बोलान्डले ७ रन खर्चिएर ६ विकेट लिए । मिचेल स्टार्कले ३ विकेट लिए ।
इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ८५ रन जोडेको थियो । उअसका लागि कप्तान जोय रुटले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका प्याट कमिन्स र नाथन लायनले ३/३ विकेट लिएका थिए ।
अष्ट्रेलियाले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ६७ रन जोडेको थियो । उसका मार्कुस हरिसले ७६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
इंग्ल्यान्डका जेम्स एण्डरसनले ४ विकेट लिएका थिएका थिए ।