मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस सुरु

माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस सुरु

२०२१ डिसेम्बर २६, आइतबारखेलपाटी संवाददाता

माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस सुरु

नारायण क्षेत्री

पोखरा  । पोखरामा आइतबारदेखि १८ औं माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ ।

पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकास बहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को स्कोरमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान तामाङ्गले एम.पी. गिरीलाई ६–१, ६–३ ले, धरमबहादुर लामिछानेले गोपाल प्रसाद ज्ञवालीलाई ६–३, ६–२ ले, रोहित सुनुवारले सञ्जय झा लाई ६–२, ६–१ ले, उत्तम लामाले प्रदिप शाहलाई ६–३, २–६ र सुपरटाईमा १०–८ ले, विनोद कायस्थले विष्णु चापागाइलाई ६–०, ६–० ले, शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–१, ६–२ ले, विकास गुरुङ्गले नारायण पहारीलाई ६–१, ६–० ले, हुम आलेले सुदर्शन विष्टलाई ६–२, ६–३ ले तथा विमल कुमार गुरुङ्गले रामु विकलाई ६–१, ६–३ ले पराजित गर्दै पहिलो चरण पार गरे ।

महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२ र ६–३ ले, सर्भानी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले, सुभांङ्गि लक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गर्दा मेन्स डबल्समा शक्ति शर्मा र गोविन्द नेपालीको जोडीले प्राञ्जल कायस्थ र नेहाल जंगबहादुर थापाको जोडीमाथि ६–३, ६–२ को नतिजा निकाले ।

त्यस्तै ४५ वर्ष माथिको मेन्स डवल्समा शरण गुरुङ्ग र लोक गुरुङ्गको जोडीले मनोज बस्नेत र रामु विकको जोडीलाई ६–४, ६–० ले, विनोद कायस्थ र विकास गुरुङ्गको जोडीले सञ्जय झा र उत्तम बोगटीको जोडीलाई ६–१, ६–२ ले, नविन चालिसे र बिरेन्द्र लामाको जोडीले कृष्ण केसी र इन्द्र गुरुङ्गको जोडीलाई ६–१, ६–२ ले पराजित गरे ।

५५ वर्ष माथिको एकलमा राजकुमार गुरुङ्गले नरेन्द्र कुमार सिंहलाई ६–१, ६–१ ले, कृष्ण घलेले प्रदीप शाहलाई ६–२, ६–२ ले, उत्तम लामाले पदमबहादुर गुरुङ्गलाई रिटायर्ड हर्टमा, मनोज राणाले अनिल तुलाचनलार्ई ६–३, ६–४ ले तथा ध्रुव घलेले राजेन्द्रसिंह भण्डारीलाई ७–६, ४–६ र सुपर टाईमा ११–९ ले पराजित गरे।

त्यस्तै ५५ वर्ष माथिको मेन्स डबल्समा बिदुर विष्ट र काजी गुरुङ्गको जोडीले राजकुमार गुरुङ्ग र पदम गुरुङ्गको जोडीलाई रिटायर्ड हर्टमा, समिर शेरचन र अनिल तुलाचनको जोडीले ध्रुव घले र शहदेव ढुङ्गानाको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै दोश्रो चरणका लागि आफ्नों स्थान सुरक्षित बनाए ।  

कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरे।

कार्यक्रममा बोल्दै नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले कास्कीले टेनिसमा अभूतपूर्व सफलता हाँसिल गरेको भन्दै प्रशंसा गरिन् । पोखराले आइटीएफ, तथा विभिन्न राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेर टेनिस खेल मार्फत पनि पोखरालाई थप उचाइमा पु¥याएको उनले बताइन् ।

राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले पोखरामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय  स्तरका प्रतियोगिताहरुले खेल पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

सो अवसरमा पोखरा टेनिस कम्प्लेक्सभित्र कोर्ट निर्माणमा सहयोग गरेको भन्दै हङकङका विकास गुरुङ्ग, जापानका अमृत गुरुङ्ग तथा यसअघि विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतियोगिता संयोजक समेत रहेका कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसे, प्रतियोगिता निर्देशक राजन पौडेल, संघका अध्यक्ष लोकबहादुर गुरुङ्ग र सचिव नविन श्रेष्ठले पनि आ–आफ्नो धारणा राखेका थिए ।

माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस सुरु
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित