काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ की कप्तान रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट बनेकी छिन् ।
प्रदेश १ लाई उपाधि दिलाउन असफल भएपनि रुबिना प्रतियोगिताकै सर्बोत्कृष्ट घोषित भएकी हुन् ।
रुबिनाको कप्तानीमा प्रदेश १ उपविजेता बनेको छ । एपीएफले उपाधि जितेको छ ।
प्लेयर अफ दि टुर्नामेन्ट बनेकी रुबिनाले २५ हजार सहित मेडल पाईन् । उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाईन । जसमा उनको एक अर्धशतक सामेल रहेको छ ।
सर्वाधिक ७६ रनको पारी खेलेकी उनले प्रतियोगितामा १९ चौका प्रहार गरिन् । बलिङ तर्फ पनि उनी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहँदा ८ विकेट हात पारिन् । प्रतियोगिताभर १६ ओभर बलिङ गरेकी उनले २ दशमलव ७५ को ईकोनोमीमा ४ ओभर मेडन राख्दै ४४ रन खर्चिन् ।
प्रतियोगितामा प्रदेश १ की अप्सरी वेगम उत्कष्ट ब्याट्ओम्यान भईन् । उनले प्रतियोगितामा एक सय ७६ रन बनाईन् । जसमा उनका दुई वटा अर्धशतक बनाएकी थिईन् । प्रतियोगितामा दोहोरो अर्धशतक बनाउने एक्ली खेलाडी वेगमले १ छक्का हाल्दा ९ चौका प्रहार गरिन् ।
प्रतियोगितामा प्रदेश १ कै अलिशा खाडिया उत्कृष्ट बलर भईन् । उनले प्रतियोगिताका ५ खेलमा ९ विकेट लिईन् । १७ ओभर बलिङ गरेकी उनले २ दशमलव ५२ को ईकोनोमी राख्दा ५ ओभर मेडन गर्दै ४३ रन खर्चिन ।