काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमका पूर्व कप्तान रे इलिङवर्थको निधन भएको छ ।
योर्कशायरका पूर्व कप्तान समेत रहेका इलिङ्वर्थको ८९ वर्षको उमेरमा निधन भएको हो ।
अलराउण्डर इलिङ्वर्थको क्यान्सरको कारण निधन भएको हो ।
इलिङ्वर्थले इंग्ल्यान्डका लागि १९५८ देखि १९७३ सम्म खेलेका थिए ।
उनले इंग्ल्यान्डका लागि ६१ टेस्टमा १८ सय ३६ रन बनाएका थिए । यस्तै १ सय २२ विकेट हात पारेका थिए ।
इंग्ल्यान्डका उनले ३१ पटक कप्तानी गर्दा १२ खेल जिताएका थिए ।
इलिङ्वर्थले १९५९ देखि १९६८ सम्म योर्कशायरलाई ७ घरेलु उपाधि दिलाएका थिए ।