काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले प्रदेश नम्बर १ र विभागीय टिम एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
फाप्ला क्रिकेट मैदानमा प्रदेश १ ले एपीएफलाई जितका लागि ६८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनायो ।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन । अप्सरी बेगमले ११ रन जोड्दा कंजल श्रेष्ठ ४ रनमा आउट भईन ।
सबनम राई ३, निशा शाह २ र संगीता राई १ रनमा आउट भईन । स्मृति कटवाल ६ रनमा अविजित रहिन ।
एपीएफका सिता राना मगरले ३ विकेट लिए । यस्तै रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट लिईन ।