काठमाडौं । विभागीय टिम एपीएफ क्लब धनगढीमा जारी पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फाप्ला क्रिकेट मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।
अब एपीएफले उपाधिका लागि प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनल पुगिसकेको छ ।
एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि नेरी थापाले अविजित रहदै सर्वाधिक ३८ रन जोडिन । नितु भण्डारीले १८ रन जोड्दा कप्तान सरस्वती घर्ति मगर सुन्य रनमा आउट भईन ।
एपीएफकका रेखा रावलले ३ तथा सिता राना मगरले १ विकेट लिईन ।
यस अघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
एपीएफका लागि रोम थापाले अविजित ४२ रन जोडिन । यस्तै ममता चौधरीले २७ तथा कप्तान सिता राना मगरले अविजित १८ रन जोडिन ।
राजमती ऐरीले १४ र ज्योति पाण्डेले ११ रन बनाईन ।
लुम्बिनीका नेरी थापा,मधु डिसी र कृतिका मरासिनीले १/१ विकेट लिईन ।