काठमाडौं । प्रदेश नम्बर १ पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फाप्ला क्रिकेट मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ उपाधि नजिक पुगेको हो ।
अब प्रदेश १ ले उपाधिका लागि एपीएफ र लुम्बिनी प्रदेशबीचको विजेतासँग खेल्नेछ ।
सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ३१ रन जोडिन । यस्तै काजल श्रेष्ठले २८ रनको योगदान गरिन् । अप्सरी बेगम ९ रनमा अविजित रहिन ।
सुदूरपश्चिमकी कविता जोशीले १ विकेट लिईन ।
यस अघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ रन जोड्दा कप्तान ऋतु कनौजियाले २५ रन बनाईन । डोली भट्ट १२ रनमा आउट भईन ।
प्रदेश १ का संगीता राई, ज्योति दनुवार,अलिशा खडिया र रुबिना क्षेत्रीले १/१ विकेट हात पारिन ।