काठमाडौं । विराट कोहलीलाई भारतीय वान डे क्रिकेट टिमबाट हटाएपछि सुरु भएको विवाद रोकिने छाँट छैन् ।
यसबीच भारतीय टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीको यसबारे भनाइ अगाडि आएको छ र उनले उठाएको प्रश्न हो, साँचो के हो त ? उनी कोहलीको नजिक मानिन्छन् भने भारतीय क्रिकेट बोर्ड अध्यक्ष शौरभ गांगुलीबाट टाढा ।
शास्त्रीले भनेका छन्, सबै विवादलाई लिएर कोहलीले आफ्नो भनाइ राखिसकेका छ्, अब बोल्ने पालो गांगुलीको हो।
भनी भन्छन्, ‘अब गांगुलीले बोल्नु पर्छ, खासमा भएको के थियो ।’ उनले अगाडि थपेका छन्, कोहली र गांगुलीमध्ये एकले त पक्कै झुठ बोलेको हुनु पर्छ, त्यसैले सबैका सामु पूरा घटनाक्रम बाहिर आउनु पर्छ ।’
उनी के पनि मान्छन् भने कोहलीलाई वान डे टिमको कप्तानीबाट हटाउनु थियो भने यसलाई लिएर भित्रभित्रै कुराकानी भएको भए, धेरै राम्रो हुने थियो, आखिरमा कोहली मात्र सधैंका लागि नेतृत्व गर्नु पर्छ भन्ने त छैन् ।
कोहलीले ट्वान्टी ट्वान्टी टिम छाडेपछि बोर्डले उनलाई वान डे टिमको नेतृत्वबाट पनि हटाएको थियो ।
अहिले उनी खालि टेस्ट टिमको कप्तान छन् । सिमित ओभरको क्रिकेटमा रोहित शर्मा छन् । कोहलीले वान टिमको कप्तानीबाट हटाउने क्रममा आफूलाई एक शब्द पनि नसोधिएको बताएका थिए ।
तर गांगुलीले भने ट्वान्टी ट्वान्टीको कप्तानी छोड्ने कोहलीको घोषणाकै बेला उनलाई यस्तो नगर्न अनुरोध गरेको बताएका थिए ।
–बीबीसीको सहयोगमा ।