काठमाडौं । नेपाल आर्मीकी रविना महर्जन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार पहिलो भएकी छन् ।
रविनाले फाइनलमा आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सोझौ सेटमा पराजित गरिन् ।
८ स्पर्धा समावेश प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी छन् । सबै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालद्वारा प्रायोजित ५ लाख रुपैयाँ बराबरको टेबलटेनिस खेल सामाग्री पुरस्कार स्वरुप पाउने छन् ।
पुरुष÷महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।