काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेट खेलका लागि टोलीको घोषणा गरेको छ ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेस सिरिज अन्तर्गतको पाँच मध्ये पहिलो टेस्ट ब्रिसबेनमा डिसेम्बर ८ तारिखबाट सुरु हुदैछ ।
त्यसैका लागि कप्तान प्याट कमिङ्सको नेतृत्वमा ११ जना सम्मिलित टोलीको घोषणा गरेको हो ।
माइकल स्टार्कलाई टिममा रहने वा नरहने अनुमान भईरहदा ३१ वर्षीय स्टार्कलाई टोलीमा स्थान दिइएको छ ।
टिममा डेभिड वार्नर, मार्कस ह्यारिस, मार्नस लाबुसाने, उपकप्तान स्टेभेन स्मिथ, ट्राभिस हेड, क्यामरुन ग्रिन, विकेटकिपर
अलेक्स क्यारी, प्याट कमिङ्स, माइकल स्टार्क, नाथन लायन र जोश ह्याजलउड रहेका छन् ।
यता इंग्ल्यान्डका कप्तान जो रुटले भने ब्रिसबेनको पिच हेरेर टिमको घोषणा गर्ने बताए ।
यी दुई टोलीबीचको दोस्रो टेस्ट डिसेम्बर १६ बाट एडिलेड, तेस्रो डिसेम्बर २६ बाट मेलवर्न, चौथो जनवरी ५ बाट सिड्नी र अन्तिम टेस्ट जनवरी १४ बाट पर्थमा हुने तालिका रहेको छ ।