काठमाडौ । वाईवाई यू–१९ राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज आइतबार हुँदैछ ।
टियु मैदानमा हुने फाइनलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ ।
राउन्ड रोविन आधारमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशले ६ मध्ये ५ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो ।
सुदुरपश्चिमले ६ मध्ये ४ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहदै लुम्बिनीसँगको फाइनल भिड्न्त पक्का गरेको हो ।
लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराएको थियो तर दोस्रो खेल कर्णालीविरुद्ध १ सय ४० रनले पराजित भएको थियो ।
तेस्रो खेलमा पुनरागमन गर्दै सुदुरपश्चिमविरुद्ध २ विकेटले पराजित गर्यो । चौथो खेलमा बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको लुम्बिनीले पाँचौ खेल प्रदेश नं. १ विरुद्धमाथि ६ विकेटको जित दर्ता गरेको थियो ।
राउन्ड रोविनको अन्तिम खेलमा प्रदेश नं. २ लाई ९ विकेटले पराजित गरेको थियो ।
सुदुरपश्चिमले भने पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले तथा दोस्रो खेल लुम्बिनी प्रदेशविरुद्ध पनि २ विकेटले पराजित भएको थियो ।
तर सुदुरपश्चिमले तेस्रो खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको जित निकाल्दै खेलमा पुनरागमन गर्न सफल भएको थियो ।
चौथो खेल गण्डकी प्रदेशविरुद्ध ४ विकेटले जितेको सुदुरपश्चिमले पाँचौ खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो ।
छैटौं तथा अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराउदै सुदुरपश्चिमले फाइनलको यात्रा तय गरेको थियो ।