काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटका क्रममा न्यूजिल्यान्डका अजाज पटेलले एकै इनिङ्समा १० विकेट हात पारेका छन् ।
मुम्बईमा जारी टेस्टको पहिलो इनिङ्समा पटेल एक्लैले १० विकेट हात पारेका हुन् ।
अजाजले ४७ दशमलब ५ ओभर बलिङ गर्दै १ सय १९ रन खर्चेका थिए ।
उनले १२ मेडन ओभर फाले ।
तर टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ सय २५ रन जोडेको छ ।
ओपनर मयन्क अग्रवालले १ सय ५० रन जोडेपछि भारतले ३ सय भन्दा बढी रन बनाउन सफल भएको हो ।
अक्सर पटेलले पनि ५२ रन जोडे । शुबमन गिलले ४४ रनको योगदान गरे ।
भारत र न्यूजिल्यान्डविरुद्धको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।