काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प टेबलटेनिस प्रशिक्षण बुधबारदेखि सुरु हुने भएको छ ।
प्रशिक्षणमा करिब ४० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत तथा स्वयंसेवक प्रशिक्षकले प्रशिक्षण दिने छन् ।
पुस १४ गतेसम्म चल्ने प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । प्रशिक्षण साँझ ५ देखि ७ बजेसम्म चल्ने छ ।