काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज सोमबार स्वदेश फर्कने भएका छन् ।
नेपाली टोली आज साँझ ७:१० बजे नेपाल आईपुग्ने तालिका रहेको छ ।
युएईमा आइतबार सम्पन्न छनोटमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपाल ग्लोबल छनोटमा समेत पुग्न असफल भयो।
तर, छनोटमा नेपालकी उपकप्तान सिता रानामगर 'प्लेयर अफ द टुर्नामेन्ट' चुनिएकी थिइन् ।
सिताले प्रतियोगिताको ५ खेलमा १ सय रन बनाएकी थिइन् । यस्तै उनले ६ विकेट लिएकी थिइन् ।
छनोटमा ६ राष्ट्रको सहभागिता रहेको थियो ।
युएई शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुगेको छ ।