काठमाडौं । इंग्ल्यान्ड पुरुष क्रिकेट टिमका निर्देशक एस्ले गिल्सले एसेस क्रिकेट सिरिज अन्तर्गत अष्ट्रेलियामा दर्शकहरुले कुनै जातीय व्यवहार देखाएको खण्डमा कप्तान जो रुटले खेल रोके आफूले रुटको समर्थन गर्ने बताएका छन् ।
इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको पाँच टेस्टको एसेस सिरिज डिसेम्बर ८ तारिखबाट सुरु हुदैछ । पहिलो टेस्ट डिसेम्बर ८ मा ब्रिसबेनमा सुरु हुनेछ ।
इंग्ल्यान्डको बार्मी आर्मी तथा अष्ट्रेलियन समर्थकहरुले खेलका क्रममा चर्को होहल्ला गर्ने अपेक्षा गरिएको छ ।
र पछिल्लो पटक अजिम रफिकको जातिय विभेदको कुरालाई लिएर समर्थकहरुले जातिय दुव्र्यवहारमा संलग्न हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
गिल्सले रुटको निर्णयलाई विश्वास गर्ने बताउदै उनले विभेदजन्य कुनै घटनालाई लिएर रुटले बिचमै खेल रोके आफूले समर्थन गर्ने जनाए ।
गिल्सले इंग्ल्यान्डका कुनै खेलाडीमाथि दुव्र्यवहार खासगरी भेदभाव वा जातिवादको शिकार हुन नहुने बताए ।
रफिकले दिएको वयानपछि इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले सबै खाले विभेदलाई सम्बोधन गर्न शुक्रबार १२ बुँदे कार्य योजना प्रकाशित गरेको थियो ।