बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिलो चरणमा थ्री स्टार बलियो  

सोमबार, ०६ मंसिर २०७८खेलपाटी संवाददाता
पहिलो चरणमा थ्री स्टार बलियो  
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग २०७८ अन्तर्गत पहिलो चरणको खेलहरु सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएको हो ।

गत शुक्रबार सुरु लिगको पहिलो चरणको ७ खेल सकिदा चार टोलीले स्पस्ट जित निकाल्दै ३ अंक जोडेको छ । ६ टोलीले एक अंक जोड्दा चार टोलीले पछिलो चरणमा अंक जोड्न सकेनन् ।

पहिलो चरण सकिदा थ्री स्टार ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा छिमेकी प्रतिद्वन्दी च्यासल युथ क्लबलाई ३-० ले हराएको थ्री स्टारले अंक तालिकाको शीर्ष स्थान हासिल गरेको हो ।

पहिलो खेलको सानदार जितले थ्री स्टारको उपाधि दाबेदारिता देखिएको छ । यस जितले टिमको मनोबल उच्च बनेको छ ।

'यो जितले केहि सजिलो भएको छ। अझै राम्रो गर्दै जान हौसला मिलेको छ । आगामी खेलमा अझ मेहेनत गर्छौ,' थ्री स्टारमा प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन् ।

May be an image of 3 people, people playing sports, people standing and outdoors

ब्रिगेड ब्वाइज ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा ब्रिगेडले एपीएफ क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ब्रिगेड र एपीएफबीचको खेल पहिलो चरणमा सर्वाधिक धेरै गोल निस्किएको खेल बन्यो ।

पहिलो खेलमै जित निकालेपछि ब्रिगेडका सनोज श्रेष्ठ खुशी देखिए । उनले पहिलो खेल महत्वपूर्ण रहेको र जितले टिमलाई ठूलो राहत पुगेको बताए ।

एनआरटीविरुद्धको जितसँगै उपाधि दाबेदार मछिन्द्र पहिलो चरण सकिदा तेस्रो स्थानमा रह्यो ।  जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक  प्रवेश कटवालले खुशी प्रकट गरे ।  

'एनआरटीसँग नेपालमा भएका राम्रो अफ्रिकन स्ट्राइकर थिए । त्यसले गर्दा हामीलाई पहिलो खेलमा गार्हो हुन्थ्यो । त्यहिँ पनि हामीले ३ अंक  पायौं  ।  त्यसैमा खुशी छु ,' प्रवेशले भने ।

उपाधि दाबेदार मनाङ मर्स्याङ्दी ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । 

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबमाथि १-० को साँघुरो जित निकालेको थियो ।

जावलाखेलविरुद्धको साँघुरो जितले मुख्य प्रशिक्षक राजेन्द्र तामाङ खासै खुशी देखिएनन् ।

'हामीले जुन खेल खेल्नु पर्ने थियो । अट्याकीङमा जुन पोजिसन राख्नु पर्ने थियो त्यो ठाउमा राख्न सकिएन । पछि पोजिसन राखेपछि गोल  निस्कियो,' उनको प्रतिक्रिया थियो ।

पहिलो चरणको अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले एनआरटीलाई २-१ गोल अन्तरले हरायो । यस जितसँगै साविक विजेता मछिन्द्रले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोड्यो ।

May be an image of 7 people and grass

यस्तै तालिकाको पाँचौं स्थानमा हिमालयन शेर्पा रहेको छ  । १ अंक जोडेको शेर्पाले पहिलो खेलमा संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो  ।  संकटा १ अंक जोडेर आठौं स्थानमा रहेको छ  ।  

तालिकाको छैटौं स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ  ।  विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको आर्मीले १ अंक जोडेको छ  ।  पुलिस १ अंक जोडेर सातौं स्थानमा रहेको छ  ।  

यस्तै नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब १ अंक जोडेर दशौँ स्थानमा रहेको छ  ।  सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलसँग १-१ गोलको बराबरी खेलेको थियो  ।   फ्रेन्ड्स नवौं स्थानमा रहेको छ  ।  

त्यस्तै अंक विहीन एपीएफ ११ औं, एनआरटी १२ औं, जवालाखेल १३ औं र च्यासल युथ क्लब पुछारमा रहेका छन् ।

दोस्रो चरणको खेलहरु शुक्रबारबाट सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेलमा लिग लिडर थ्री स्टारले सातदोबाटो युथसँग प्रतिस्पर्धा गर्नेछ  ।  त्यहिँ दिन संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका : 

  

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने