काठमाडौं । नेपालका श्लोककेशर खड्का काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा श्लोकले भारतका अविर श्रीवास्तवलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु क्वाटरफाइनलमा पुगे । नेपालका वृजेश अर्याल विरुद्ध खेलमा सिद्धार्थले पहिलो सेट ६–७ (६) ले गुमाएका थिए ।
दोश्रो सेट सिद्धार्थले ६–३ ले जित्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । तेश्रो सेटमा सिद्धार्थले १–० को अग्रता लिइ रहेका बेला वृजेश रिटायर्ड हर्ट भएपछि सिद्धार्थलाई विजयी घोषित गरिएको थियो । नेपालका श्रीयोग अधिकारीले नेपालका स्पर्श तिमिल्सिनालाई ६–२ र ६–२ को सीधा सेटमा हराउदै क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।
गल्र्स सिंगल्समा प्राज्ना मानन्धरले समृद्धि महर्जनलाई ६–२ र ६–०, कृषा अधिकारीले संस्कृति टयाललाई ६–४, ५–७ र ६–४, जेनी खड्काले स्वस्तिका विष्टलाई ६–१ र ६–२, मान्सा कँडेलले लशा प्रजापतिलाई ६–० र ६–२ तथा नाला जोस्फिन मास्केले शिभाली गुरुङलाई ६–३ र ६–३ को सेटमा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । यो स्पर्धाका खेलाडी मध्ये नाला अमेरिकाकी हुन् भने बाँकी सबै नेपालका हुन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले भारतका अविर श्रीवास्तव र नेपालका स्पर्श तिमिल्सिनाको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।