मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
  4. /
  5. सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

२०२१ नोभेम्बर २२, सोमबारखेलपाटी संवाददाता

सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

काठमाडौं । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम सीओएएस राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बाह्रै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको छ ।

खुल्लातर्फ पुरुष÷महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ । यो विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ छ । पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५÷१५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजारका दरले नगद पुरस्कार जित्ने छन् ।

भेट्रानमा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स÷डबल्समा खेल हुने छ । ६५ वर्षमाथि सिंगल्स स्पर्धा मात्र राखिएको छ । भेट्रानको जम्मा पुरस्कार राशी ३ लाख ७ हजार रुपैयाँ रहेको छ । त्यस्तै एक स्पर्धा पुरुष डबल्समा खेल हुने इन्टर गोभरमेन्टल विधाको जम्मा नगद पुरस्कार राशी ५२ हजार रुपैयाँ छ ।

महासेनानी बस्नेतले कुनैपनि स्पर्धामा कम्तिमा ८ टिमको सहभागिता हुन पर्ने बताउदै सो भन्दा कम भएको खण्डमा पुरस्कार राशी घटाउन वा स्पर्धानै स्थगित गर्न सकिने बताए । एक खेलाडीले बढीमा २ स्पर्धामा मात्र भाग लिन पाउने प्रावधान राखिएको छ भने खेलाडीले क्लबको प्रतिनिधित्व गर्नु पर्ने छ ।

पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भद्रकालीस्थित आर्मी अफिसर्स क्लब तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता टेनिस संघकै प्राविधिक सहयोगमा हुने लागेको हो । लनटेनिस प्रशिक्षक कृष्णराज घलेलाई प्राविधिक निर्देशकको जिम्मेवारी दिइएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

Bhat Bhateni
फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल