काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
तेस्रो मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिक पुलिसका गोलकिपर रामचन्द्र बाजीले पन्च गर्दै गोल हुनबाट रोके ।
खेलको १० औं पेनाल्टी क्षेत्र बाहिरबाट आर्मीका जर्ज प्रिन्स कार्कीको सशक्त प्रहार पोस्टको केहि माथिबाट बाहिरियो ।
खेलको १४ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको पासमा कप्तान भरत खवासको 'क्लोज हेडर' पोस्ट नजिकैबाट बाहिरियो ।
खेलको १८ औं मिनेटमा २५ यार्ड टाढाबाट पुलिसका सुमन लामाको प्रहार पोस्टको माथिबाट गएको थियो ।
खेलको ४३ औं मिनेटमा ३० यार्ड टाढाबाट आर्मीका सेसेहाङ आङ्देम्बेको प्रहार पुलिसका गोलकिपर बाजीले आफ्नो पन्जामा पारे ।