काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्रले सहिद स्मारक लिग 'ए' डिभिजन २०७८ मा सोमबार आफ्नो पहिलो खेल खेल्दैछ र उसको अगाडि रहेको प्रतिद्वन्द्वी हो, एनआरटी ।
जब यी दुई टिम आमना सामना हुन्छन्, प्राय: बराबरीको टक्कर चल्ने गर्छ ।
पछिल्लो लिग जित्ने यात्राका क्रममा मछिन्द्रले एनआरटीलाई १–० ले हराएको थियो ।
पछिल्लो पाँच संस्करणको लिगमा एनआरटीमाथि मछिन्द्रको यो नै एक मात्र हो ।
यसअघि वर्ष ०७५ मा यी दुई बीचको खेल ५–५ गोलको बराबरीमा टुंगेको थियो । वर्ष ०७० मा उनीहरूको भेट भएन् ।
वर्ष ०६९ मा उनीहरूले एक आपसमा दुई पल्ट खेले र त्यसको सुरुको खेल गोलरहित बराबरी रह्यो ।
दोस्रो खेलमा भने एनआरटी १–० ले विजयी रह्यो । वर्ष ०६८ मा पनि मछिन्द्र र एनआरटीले गोलरहित बराबरी खेलेका थिए ।
यस्तोमा तय छ, मछिन्द्रले फेरि एकपल्ट उपाधिका लागि चुनौती पेस गर्ने हो भने एनआरटीमाथि आफू अनुकुल नतिजा निकाल्नै पर्छ ।