काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
खेलको ३० औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा आफिज ओलावालेले गोल गरेका थिए । तर,अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
खेलको ४५ औं मिनेटमा ओनगुना जुनियरको हेड प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।