आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
  4. /
  5. बोगटीलाई नेपालगञ्ज म्याराथनको उपाधि

बोगटीलाई नेपालगञ्ज म्याराथनको उपाधि

२०२१ नोभेम्बर २०, शनिबारखेलपाटी संवाददाता

बोगटीलाई नेपालगञ्ज म्याराथनको उपाधि

नेपालगञ्ज । सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीले जितेका छन् ।

नेपालमा भएको १३ औं सागका गोल्ड मेडलिष्ट बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधि जितेका छन् । बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका छन् ।

गतवर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए ।

बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् ।

एपीएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् । खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथो, पाँचौ, छैठौ र सातौ भएका छन् ।

सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी जितेका बोगटीले एक लाख रुपैया पुरस्कार पाएका छन् । द्वितिय भएका रावलले ५० हजार, तृतिय भएका विष्टले २५ हजार, चौथो भएका खड्काले १५ हजार, पाँचौ भएका महतराले १० हजार, छैठौ भएका प्रतापले ८ हजार र सातौ भएका गिरीले ६ हजार रुपैया पुरस्कार पाएका छन् ।

सातौं धारा नेपालगञ्ज म्याराथनमा प्रथमदेखि सातौंसम्मका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वर महतराज, महानायक राजेश हमाल, दुग्गड ग्रुपका प्रदीप छाजेडलगायतले पुरस्कार वितरण गरे ।

हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधी जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन् । ५ र १० किलोमिटर दौडिने सन्तोषीले अनुभवका लागि लामो दौड्दा प्रथम भएको प्रतिक्रिया दिइन् ।

एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथनमा विन्दु हमाल तृतिय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौ, कल्पना थारु छैठौ र चन्द्रमाया रावत सातौ भएका छन् ।

हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैया पाइन् । द्वितिय भएकी भण्डारीले २५ हजार, तृतिय भएका हमालले १५ हजार, चौथो भएका बोहराले १० हजार, पाँचौ भएका शाहीले ८ हजार, छैठौ भएका थारुले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैया पुरस्कार पाएका छन् ।

हाफ म्याराथनका विजेतालाई उद्योगी व्यवसायी चम्पालाल बोथरा, किरण कार्की, सञ्जय सिंहले पुरस्कार वितरण गरे ।

अन्य विधामा प्रथम, द्वितिय र तृतियका लागि नगद पुरस्कार राखिएको थियो । १० किलोमिटर ओपन (पुरुष) मा मुकेश पाल प्रथम, तिर्थ पुन द्वितिय र सन्तोषनाथ योगी तृतिय भएका छन् । उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाए ।

५ किलोमिटर ओपन (महिला) मा राजपुरा पछाई प्रथम, फूलमति राना द्वितिय र बन्दना बुढा तृतिय भएका छन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार रसात हजार रुपैया पुरस्कार पाए ।

५ किलोमिटर (छात्र) मा बादल कार्की प्रथम, अतुल गोडिया द्वितिय र दिपेन्द्र बोहरा तृतिय भएका छन् । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैया पुरस्कार पाएका छन् ।

३ किलोमिटर (छात्रा) मा सविता बुढा प्रथम, मन्जिता ऐडी द्वितिय र रविना शेष तृतिय भएका छन् । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र तीन हजार रुपैया पुरस्कार पाएका छन् ।

ह्वील चियरमा महेश चौधरी प्रथम, यज्ञबहादुर खत्री द्वितिय र चन्द्रबहादुर कामी तृतिय भएका  छन् । उनीहरुले सात हजार, ५ हजार र तीन हजार रुपैया पुरस्कार पाएका छन् ।

किड्स रन (केटा) मा जश्मन्त शाही प्रथम, रोहित सुनार द्वितिय र शिशिर थापा तृतिय भएका छन् । उनीहरुले पन्ध्र सय, एक हजार र पाँच सय रुपैया पाए । किड्स रन (केटी) मा जमुना पुनमगर प्रथम, समृद्धि बुढाक्षेत्री द्वितिय र रुपा विष्ट तृतिय भएका छन् । उनीहरुले पन्ध्र सय, एक हजार र पाँच सय रुपैया पुरस्कार पाएका छन् । कर्पोरेट रनमा नवराज जोशी प्रथम, डा. पुष्कर न्यौपाने द्वितिय र विष्णुबहादुर रिमाल तृतिय भएका छन् । उनीहरुलाई मेडलको व्यवस्था गरिएको थियो ।

नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए । मन्त्री गहतराज महानायक राजेश हमालसँगै वाकाथनमा सहभागी भएका थिए । नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडमा सामेल भएका थिए ।

आयोजक क्रियटिभ ह्याण्डसले पोखरा म्याराथनका परिकल्पनाकार खड्गबहादुर रानाभाटलाई कदरपत्रले सम्मान गरेको थियो । म्याराथन धावकको विश्व साइकलयात्री पुष्कर शाहलगायतले स्कटिङ गरेका थिए ।

आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले २५ हजार पुरस्कारबाट शुरु गरिएको म्याराथनको राशी बढाएर एक लाख रुपैया पुर्राएको बताउदै म्याराथनमा समाजका विशिष्ट व्यक्तित्वहरुलाई जोड्ने काम भइरहेको बताउनुभयो ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

Bhat Bhateni
बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !