नेपाल पेनकेक सिलात मार्सल आर्ट संघको आयोजनामा विशेष तालिम तथा सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
तालिममा १५ खेलाडी तथा सेमिनारमा १० प्रशिक्षकको सहभागिता रहेको आयोजक संघका महासचिव दोर्जे लामाले जनाएका छन् ।
तालिम इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदलाई मध्यनजर गरी सञ्चालन गरेको बताइएको छ । एसियाली खेलकुदमा पेनकेकमा नेपालबाट एक खेलाडी विवेककुमार विकले ६०–६५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दैछन् ।
एसियाली पेनकेक महासंघका अध्यक्ष एवं विश्व पेनकेकका निर्देशक सिंगापुरका शेख अलाउदिनसहित सिंगापुर र इन्डोनेसियाका प्रशिक्षकले सञ्चालन गरिरहेका छन् । सेमिनार बिहीबार सम्पन्न हुनेछ ।