काठमाडौं । वुमेन्स टेनिस एसोसियसन (डब्लुटिए)ले चिनिया टेनिस खेलाडी पेङ शुईले लगाएको यौन दुव्र्यवहारको आरोपलाई उचित रुपमा सम्बोधन नभएसम्म चीनमा प्रतियोगिता स्थगित गर्ने योजनामा रहेको जनाएको छ ।
नोभेम्बर २ मा शुईले सामाजिक सञ्जालमार्फत आफूलाई पूर्व भाइस प्रिमियर झाङ गाओलीले आफूलाई यौन सम्पर्क गर्न जबरजस्ती गरेको घोषणा गरेदेखि उनी सार्वजनिक रुपमा देखिएकी छैनन् ।
चीनको सामाजिक सञ्जाल वेइवोमा भएको पोस्ट पछि हटाइएको थियो भने मुद्दामाथि गरिने सबैखाले छलफल बन्द गरिएका छन् ।
डब्लुटिएका प्रमुख स्टेभेन सिमोनले चीनमा हुने अरबौ डलर बराबरको प्रतियोगिता स्थगित गर्ने तयारी गरिरहेको बताए ।
विश्वका शीर्षस्थ खेलाडीहरु जस्तै सेरेना विलियम्स, नाओमी ओसाका र नोभाक जोकोभिचले सामाजिक सञ्जालको प्रयोग गर्दै शुईको अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् ।
चीनको राज्यद्धारा संचालित सिजिटिएनले ट्वीटरमा एउटा इमेलको स्क्रिनसट प्रकाशित गरेको छ । शुईले डब्लुटिएका प्रमुख सिमोनलाई लेखेको पत्रमा
उक्त आरोपहरु सत्य नभएको तथा उनी केवल घरमा आराम गरिरहेको खेलिएको थियो ।
सिमोनले भने सो इमेल शुईले लेखेको भनेर आफूलाई विश्वास नभएको बताए ।
तर ३५ वर्षीय टेनिस स्टारकोबारेमा कुनै चासो देखाएको छैन ।