काठमाडौं । जयराम महर्जन खुला भेट्रान टेबलटेनिस प्रतियोगिताको ४० वर्षमाथि पुरुष सिंगल्समा शनिबार पहिलो भएका छन् । निकेशप्रसाद जोशी दोश्रो तथा उमेश मानन्धर र सुमन शाक्य तेश्रो भए ।
नेपाल भेट्रान टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगितको ५० वर्षमाथि पुरुष सिंगल्समा ध्रुव पालिखे पहिलो, सुनील शाक्य दोश्रो तथा अग्र विष्ट र किरण व्यञ्जन्कार तेश्रो बने । ६० वर्षमाथि पुरुष सिंगल्समा उदयमोहन श्रेष्ठले स्वर्ण, पुण्य पौडेलले रजत तथा शैलेन्द्र जोशी र सुशीलशमशेर जंगबहादुर राणाले कांस्य जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताअन्तर्गत पुरुष डबल्समा राजन सुब्बा र उमेश मानन्धरको जोडी च्याम्पियन बने । धर्ममान वज्राचार्य र नवीनबहादुर शाक्यको जोडी दोश्रो भए । निकेशप्रसाद जोशी र किरण ब्यञ्जन्कार तथा ध्रुव पालिखे र सुनील शाक्यको जोडी तेश्रो स्थानमा रहे ।