काठमाडौं । नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुश र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित गरे ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरिन् ।
फाइनलमा प्रशंसाको भेट सुनिरा थापासंग हुने छ । सुनिराले बुधबार नै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।
ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबु र नेपालका सक्षमविक्रम शाहले फाइनल भिडन्त निश्चित गरे । सिद्धार्थले नेपालका दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ७–५ तथा सक्षमले नेपालका आयुशमान हजुर घलेलाई ४–६, ६–३ र ६–४ को सेटमा पाखा लगाए ।
ब्वाइज र गर्ल्स सिंगल्सको फाइनल शुक्रबार हुने छ ।