काठमाडौं ।
धनगढीमा माघ दोस्रो साता सुरु हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड रहने भएको छ ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको एलपीएलको इन्स्योरेन्स पार्टनरको रुपमा अजोड इन्स्योरेन्स रहने भएको हो।
प्रतियोगितामा इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विद्यालय स्तरीय उमेर समुहको क्रिकेट खेललाई प्रबर्द्धन गर्ने र देशब्यापी बनाउने अभियानमा सहकार्य गरेकोमा प्रतियोगिताका अध्यक्ष शाहीले धन्यवाद दिएका छन् ।
लिग कम नक आउट आधारमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ भागमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।
प्रत्येक टिममा १९ वर्ष मुनिका ४ जना खेलाडी राख्न पाइनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने छ ।