काठमाडौं । न्यूजिल्यान्ड राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक ग्यारी स्टीडले टिमकाे कहिल्यै हार नमान्ने मनोवृत्तिको प्रशंसा गरेका छन् ।
आईसीसी टी–ट्वान्टी विश्वकपमा इंग्ल्यान्डलाई पराजित गर्दै पहिलो पटक फाइनल प्रवेश गरेपछि प्रशिक्षक स्टीडको यस्तो भनाई आएको हो ।
प्रशिक्षक स्टीड खासगरी न्यूजिल्यान्डले इंग्ल्यान्डविरुद्ध जसरी दवावलाई झेल्यो त्यसबाट प्रभावित भएका हुन् ।
‘मलाई लाग्छ नेभर–से–डाई मनोवृत्ति यो हो जसमाथि हामीले गर्व गर्छौ र चिजहरुलाई त्यसरी नै लिन्छौ, ठूलो टिम चर्चामा रहन्छन् र न्यूजिल्यान्ड त्यो हो जसले सबैभन्दा
बढी दवावको अवस्थामा पनि उनीहरुको नर्भलाई समात्न सक्छ,’ स्टीडले भने ।
उनका अनुसार जिम्मी निशानले टोलीलाई जित नजिक ल्यायो तथा डेरिल मिचेलले खेल जिताए जुन विशेष खुसीदायक थियो ।
‘मैले समग्रमा सोचेको थिए कि हामीले वास्तवमै राम्रो बलिङ गर्यौ । तर एक अनौठो ओभर थियो जसमा राम्रो रन बन्यो जुन टी–ट्वान्टी क्रिकेटमा भइरहन्छ । यदि तपाईले
दोस्रो सेमिफाइनल हेर्नुभयो भने दुई गुणस्तरीय टोलीबीच त्यस्तै भयो,’ उनले थपे ।
स्टीडले न्यूजिल्यान्डले प्रतियोगिता अघिको विजेता ठानिएको इंग्ल्यान्डविरुद्ध दवावलाई झेल्दै गरेको प्रदर्शन खुसीदायक रहेको बताए ।