काठमाडौं । क्रिकेट खेलाडी संघ नेपालले राष्ट्रिय महिला क्रिकेट खेलाडी कबिता गौतमलाई आर्थिक सहयोग गरेको छ ।
खुट्टामा चोट लागेर उपचार गराईरहेकी कबितालाई सीप्यानले आर्थिक सहयोग गरेको हो ।
गत वर्ष भएको ललितपुर मेयर कपमा बलिङ गर्ने क्रममा कबिताले खुट्टामा चोट बोकेकी थिईन् ।
चिकित्सकका अनुसार कबिताले उपचारको डेढ वर्षपछि मैदान फर्कन सक्नेछिन् । करिब ६ महिना अघि उनको खुट्टाको सल्यक्रिया गरिएको थियो ।
आर्थिक अवस्था कमजोर रहेकी कबितालाई सीप्यानले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
सीप्यानले कबिताको उपचारका लागि अस्पताल, चिकित्सक तथा खेलाडीसंग थप परामर्श र समन्वय गर्ने बिज्ञप्तिमार्फत प्रतिबद्धता जनाएको छ ।