एजेन्सी । न्युजिल्याण्डका विकेट किपर ब्याट्सम्यान डेभिन कानवेले विश्वकपको फाइनल खेल गुमाउने भएका छन् ।
हातमा लागेको चोटका कारण डेभिनले आईतबार हुने टी–ट्वान्टी विश्वकपको फाइनल खेल गुमाउने भएका हुन् ।
न्युजिल्याण्डले टी–ट्वान्टी विश्वकपको फाइनलमा अष्ट्रेलियासँग खेल्दैछ । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया प्रतियोगिताको फाइनल पुगेको छ । न्युजिल्याण्डले इङ्ल्याण्डलाई हराएर विश्वकपको फाइनल पुगेको थियो ।
दायाँ हातमा लागेको चोटका कारण डेभिनले भारतको भ्रमण समेत गुमाउने पक्का भएको छ ।
अबुधाबीमा सेमिफाइनलमा इङ्ल्याण्डविरुद्ध उनले हातमा चोटका लागेको थियो । बिहीबार गरिएको एक्स रेमा उनको हातमा गम्भिर चोट देखिएको छ ।
न्युजिल्याण्डले विश्वकपकै टिमलाई भारतविरुद्धको तीन टी–ट्वान्टीमा उतार्ने घोषणा गरेको थियो । फाइनल खेलको तीन दिनपछि नोभेम्बर १७ मा सिरिज सुरु हुनेछ ।